काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा आज साँझ ७ बजेदेखि अनिश्चितकालका लागि यातायात सञ्चालन बन्द गरिएको छ । भारी वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि भकुण्डे–नेपालथोक खण्डमा बाढीको जोखिम बढेको भन्दै जिल्ला प्रहरीले यातायात रोकेको हो ।
सवारीहरूलाई धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा होल्ड गरिएको छ । अर्को सूचना जारी नभएसम्म यो खण्डमा यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । गत शुक्रबारको बाढीले पनि दुई दिन राजमार्ग अवरुद्ध भएको थियो ।

प्रतिक्रिया