एमाले संसदीय दलको बैठकमा सुहाङको चट्टानी अडान

एमाले संसदीय दलको बैठकमा सुहाङको चट्टानी अडान


काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा सर्वसम्मत निर्णय गर्ने प्रयास जारी रहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टी नेतृत्वले उपाध्यक्षसमेत रहेका समानुपातिक सांसद रामबहादुर थापा ‘बादल’ को नाम संसदीय दलको नेताका लागि अघि सारेको छ ।

तर, इलाम-२ बाट प्रत्यक्ष निर्वाचित सांसद सुहाङ नेम्वाङले भने अहिलेको आवश्यकता र पार्टीको नयाँ स्पिरिटअनुसार आफू योग्य रहेको भन्दै दाबेदारी पेश गरेका छन् ।सुहाङले आफ्नो अडान नछाडेपछि बैठकको निर्णयमा केही ढिलाइ भएको छ । बैठकमा सांसदहरूले आ-आफ्नो कुरा राखिरहेका छन् र सर्वसम्मतिमा नेतृत्व चयन गर्न छलफल चलिरहेको छ । एमालेले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २५ सिट प्राप्त गरेको छ ।

संसदीय दलको नेता चयनले आगामी संसदीय गतिविधि र संसद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।