शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न : ४३ वटासम्म पुग्ने अनुमान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न : ४३ वटासम्म पुग्ने अनुमान


दोधारा चाँदनी। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रम २०८२ अन्तर्गत बाघ गणनाको फिल्ड कार्य सम्पन्न भएको छ । निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले दिएको जानकारीअनुसार शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा क्यामेरा ट्र्यापिङ विधिबाट गरिएको गणनाको फिल्ड काम पूरा भई क्यामेरा सङ्कलन भइरहेको छ । गत फागुनको अन्तिम सातादेखि सुरु गरिएको यो गणनामा ५२० वटा स्वचालित क्यामेरा जडान गरिएका थिए । ७७ जनाको प्राविधिक टोलीले विभिन्न क्याम्पबाट काम गरेको थियो ।

“शुक्लाफाँटा र डिभिजन वन कार्यालयअन्तर्गत राखिएका सबै क्यामेराहरू सङ्कलन भइसकेका छन्,” संरक्षण अधिकृत वाग्लेले भने, “अब तस्बिरहरूको विश्लेषण गरेर बाघको सङ्ख्या पत्ता लगाइने छ ।” नेपालमा प्रत्येक चार वर्षमा गरिने राष्ट्रिय बाघ गणनाको यो अंश हो । यस पटकको गणनाले शुक्लाफाँटाको बाघ अवस्थालाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ । सन् २०२२ को राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटा कम्प्लेक्समा ३६ वटा बाघ थिए । तर निकुञ्ज कार्यालयले हरेक वर्ष गर्ने आन्तरिक सर्वेक्षणअनुसार हाल यहाँ ४३ वटा बाघ रहेका छन् । संरक्षण अधिकृत वाग्लेले थप भने, “निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ देखिएका छन् । एकै वर्षमा बाघको सङ्ख्या ठूलो रूपमा बढ्ने सम्भावना कम छ । यसपटकको राष्ट्रिय गणनामा पनि सोही हाराहारी अर्थात् ४३ वटाकै आसपास सङ्ख्या आउने अनुमान छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (३५ वर्ग किलोमिटर क्षेत्रफल) नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित महत्वपूर्ण बाघ संरक्षण क्षेत्र हो । यहाँको घाँसे मैदान, जलाधार र घना जङ्गलले बाघका लागि उपयुक्त बासस्थान प्रदान गरेको छ । सन् २०१८ मा १६ वटा बाघ रहेको यो क्षेत्रमा २०२२ मा ३६ पुगिसकेको थियो । आन्तरिक सर्वेक्षणले देखाएअनुसार पछिल्लो समयमा बाघको सङ्ख्या क्रमिक रूपमा बढ्दै गएको छ । क्यामेरा ट्र्यापिङ विधि अत्यन्त प्रभावकारी मानिन्छ । यसमा बाघको शरीरमा रहेको  आधारमा व्यक्तिगत पहिचान गर्न सकिन्छ । टोलीले बाघको चहान, पानीका स्रोत र नजिक क्यामेरा जडान गरेको थियो । नेपालको बाघ संरक्षण प्रयास विश्वमै प्रशंसित छ ।

सन् २००९ मा १२१ वटा बाट २०२२ मा ३५५ पुगेको बाघ सङ्ख्या दोब्बरभन्दा बढी बढेको छ । शुक्लाफाँटा पनि यो सफलताको महत्वपूर्ण हिस्सा हो । तर मानव–बाघ द्वन्द्व, उचभथ को कमी र जबदष्तबत ाचबनmभलतबतष्यल जस्ता चुनौती अझै कायम छन् । निकुञ्ज कार्यालयले बाघ संरक्षणका लागि नियमित र पर्यटन प्रवर्द्धनलाई पनि जोड दिइरहेको छ । यस पटकको गणनाको पूर्ण नतिजा केही महिनाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ ।