हर्क सम्पाङले मागे मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत

हर्क सम्पाङले मागे मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत


काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क सम्पाङले मन्त्रीहरूले सार्वजनिक गरेको व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग राखेका हुन् ।

‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ, स्रोत प्रस्टइदिनुपर्छ ।’ सरकारले प्रधानमन्त्री वालेन्द्र शाहसहित सम्पूर्ण मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ ।