पूर्णबहादुरको विज्ञप्तिलगत्तै कांग्रेसले डाक्यो अनुशासन समितिको बैठक

पूर्णबहादुरको विज्ञप्तिलगत्तै कांग्रेसले डाक्यो अनुशासन समितिको बैठक


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निर्देशनमा केन्द्रिय अनुशासन समितिको बैठक बोलाएको छ । समितिका संयोजक तारामान गुरुङ्गले यही बुधबार बिहान ११ बजे पार्टी मुख्यालयमा बैठक बस्ने सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।

यसअघि आजै पूर्णबहादुर खड्काले कावा सभापतिकै हैसियतमा विज्ञप्ति निकाल्दै १५ औँ महाधिवेशनका लागि वितरण र नवीकरण भइसकेका क्रियाशील सदस्यता खारेज गरिएको र पुनस्नयाँ सदस्यता लिने निर्णयमा आपत्ति जनाएका थिए । खड्काले कुनै नेताले आवेग वा उत्तेजनामा भाषण गरेकै भरमा सदस्यता खारेज हुन नसक्ने भन्दै पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न गगन पक्षलाई चेतावनी दिएका छन् ।

बुधबार २ बजे नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई जानकारी गराएका छन् ।