दुई हजार नौ सय तीन जना ट्राफिक कारबाहीमा

दुई हजार नौ सय तीन जना ट्राफिक कारबाहीमा


काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २८१, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २०० र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १७६ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ७४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४९९ जनालाई कारबाही गरिएको हो।