देशको अवस्था र नेपाली कांग्रेस भित्रको परिस्थितिबारे डॉ. शेखर कोइरालाको छलफल

देशको अवस्था र नेपाली कांग्रेस भित्रको परिस्थितिबारे डॉ. शेखर कोइरालाको छलफल


काठमाडौं — डॉ. शेखर कोइराला ले देशको समसामयिक अवस्था र नेपाली कांग्रेस भित्रको पछिल्लो परिस्थितिबारे बुद्धिजीवीहरूसँग विस्तृत छलफल गर्नुभएको छ।

उहाँको सम्पर्क कार्यालय बिशालनगरमा आयोजित उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डॉ. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डॉ. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डॉ. उद्धव प्याकुरेल तथा जेन्जी युवा प्रतिनिधिहरू अभिजित अधिकारी र करिना पुरी लगायतको सहभागिता रहेको थियो।

दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको छलफलमा डॉ. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डॉ. मिनेन्द्र रिजाल र डॉ. गोविन्दराज पोख्रेल समेत सहभागी हुनुभएको थियो।

छलफलमा देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक एकता, आगामी रणनीति तथा सुधारका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ। सहभागीहरूले कांग्रेसलाई बलियो बनाउन वैचारिक स्पष्टता, संगठन सुदृढीकरण र युवापुस्ताको सक्रिय सहभागितामा जोड दिएका थिए।