काठमाडौं । आईसीसी पुरष क्रिकेट विश्वकप लिग-२ मा घरेलु टोली नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २८९ रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय र विनोद भण्डारीले अर्धशतकीय पारी खेले ।
दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १०० रनको योगदान गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा दीपेन्द्रको यो दोस्रो शतक हो । विनोदले ७९ बलमा ७ चौका प्रहार गर्दै ५६ रन जोडे । गुल्शन झाले ४४ रन बनाए ।
छैठौं विकेटका लागि ७८ बलमा गुल्शन र दीपेन्द्रले १०२ रनको साझेदारी गरेका थिए ।
कप्तान रोहितकुमार पौडेलले ३९ र अर्जुन कुमाल तथा आरिफ शेखले ११–११ रन बनाए । भीम सार्की भने डकआउट भए ।
यूएईका लागि अजय कुमार र जुनैद सिद्दिकीले २–२ तथा खुजैमा तनवीरले र हैदर अलिले १–१ विकेट लिए ।

प्रतिक्रिया