आफ्नै भवनबाट वडा कार्यालयको सेवा सुरु

आफ्नै भवनबाट वडा कार्यालयको सेवा सुरु


सिरहा। यहाँको गोलबजार नगरपालिकाको ६ नम्बर वडा कार्यालयले अब आफ्नै भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ ।

लामो समयदेखि भाडाको घरबाट प्रशासनिक कार्य सञ्चालन गर्दै आएको वडा कार्यालयले सोमबारदेखि आफ्नै भवनबाट कार्य प्रारम्भ गरेको हो । नगरपालिकाको ५० लाख रुपैयाँमा भवन निर्माण सम्पन्न गरी सोमबार नगर प्रमुख श्यामकुमार श्रेष्ठ र वडाध्यक्ष सञ्जित लामाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

नगर प्रमुख श्रेष्ठले आफ्नै भवन नहुँदा विगतमा सेवाग्राहीले भोग्नुपरेको सास्ती अब अन्त्य भएको बताउनुभयो । उक्त भवन निर्माणका लागि स्थानीय मीनकुमार तामाङ र अमरकुमार तामाङले दुई कट्ठा पाँच धुर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।