काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा तानेका छन् । गृह मन्त्रालय मातहत रहेको विभागले मन्त्रालयको कार्यविभाजन गर्ने क्रममा प्रधानमन्त्री कार्यालयमा तानेका हुन् ।
लामोसमय गृह मन्त्रालयको मातहतमा रहेको अनुसन्धान विभागलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा तानेका थिए । उनले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउन अनुसन्धान विभागका साथै सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई पनि प्रधानमन्त्री कार्यालयमा तानेका थिए ।
२०७४ मा ओलीले गरेको निर्णयको चर्को आलोचना भएको थियो । त्यसपछि कुनै पनि प्रधानमन्त्रीले उक्त अधिकार कटौति गर्न चाहेनन् । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले भने यी तीनवटै विभागलाई पुरानै मन्त्रालयमा फर्काएकी थिइन् ।
अनुसन्धान विभाग गृह मन्त्रालय र सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान अर्थ मन्त्रायमा फर्केका थिए । अहिले बालेनले पुन: अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा लगेका छन् । त्यसो त, बालेन सम्पत्ति शुद्धीकरण विभाग पनि प्रधानमन्त्री कार्यालयमा लैजाने प्रयासमा थिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अडानका कारण उक्त प्रयास भने सफल भएन ।

प्रतिक्रिया