‘युनिभर्सिटी अफ गुण्डाज’ फिल्म मार्फत् फर्किए अभिनेता सलिनमान बनियाँ

‘युनिभर्सिटी अफ गुण्डाज’ फिल्म मार्फत् फर्किए अभिनेता सलिनमान बनियाँ


{

काठमाडौँ । अभिनेता सलिनमान बनियाँ फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ मार्फत् पर्दामा फर्किने भएका छन् । सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा सलिनमानको जोडी जापानी अभिनेत्री मीना यसोदा रहने भएकी छन् । निर्माण टिमले उनलाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिसकेको छ ।

नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि ९बुवा नेपाली र आमा जापानी० भएकी मीना हाल जापानमै बस्दै आएकी छन् । निर्माण पक्षले उनको बारेमा थप विवरण भने अझै गोप्य राखेको छ । सलिनमान आफैंले लेखेको कथामा बन्न लागेको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्दैछन् । फिल्ममा सलिनमान र मीनासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ ।

केही समयअघि सार्वजनिक गरिएको फिल्मको ‘फर्स्टलुक’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । निर्माण टिमले फर्स्टलुकको प्रतिक्रिया बुझेर मात्र प्रदर्शन मिति घोषणा गर्ने योजना बनाएको छ ।

फिल्मको टिम
कथाकार :                 सलिनमान बनियाँ
निर्देशक:                   सुरेश न्यौपाने
डीओपी:                    सौरभ लामा
स्क्रिनप्ले:                   मन्दिप गौतम
ब्याकग्राउन्ड :          रोमन बज्राचार्य
एक्सन निर्देशक:      सम्राट बस्नेत
भिएफएक्स:             मनोज श्रेष्ठ
सम्पादन:                 बन्दे प्रसाद
साउन्ड डिजाइन: मुकेश शाह
कलर:                  राजेन्द्र मोक्तान

प्रोडक्सन म्यानेजरमा सुवास काफ्ले र असिस्टेन्ट प्रोडक्सन म्यानेजरमा केवलमान सिंह बस्नेत रहेका छन् । फिल्मको अन्य कलाकार तथा प्राविधिक टोलीको नाम भने निर्माण पक्षले अझै सार्वजनिक गरेको छैन । ‘युनिभर्सिटी अफ गुण्डाज’ ले नेपाली सिनेमामा नयाँ जोडी र अन्तर्राष्ट्रिय स्वाद दिने अपेक्षा गरिएको छ ।