उज्यालो नेपाल पार्टी देशको नयाँ विकल्पका रूपमा स्थापित हुन्छ – कुलमान घिसिङ

उज्यालो नेपाल पार्टी देशको नयाँ विकल्पका रूपमा स्थापित हुन्छ – कुलमान घिसिङ


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अन्य विभिन्न दलहरूसँग एकता गर्दै अघि बढेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एकता कार्यक्रममा अध्यक्ष घिसिङले विभिन्न पार्टीहरूसँग एकता गर्दै अघि बढेको बताए ।

“हामी विभिन्न पार्टीहरूसँग एकता गरेर अघि बढिरहेका छौँ,” उनले भने, “अस्ति राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गर्‍यौँ । अरु धेरै पार्टीसँग छलफल गरिरहेका छौँ ।”

विभिन्न पार्टी, बुद्धिजीवी, विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा रहेको उनले बताए । घिसिङले उज्यालो नेपाल पार्टीलाई देशको नयाँ विकल्पका रूपमा स्थापित गर्ने बताए ।