काठमाडौं । बुधबार बिहान युक्रेनको रुस नियन्त्रित क्षेत्रमा बसमा ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
डोनेट्स्क क्षेत्रका रुस समर्थक नेता डेनिस पुशिलिनले बुधबार बिहान आक्रमण भएको बताए । बस मस्कोबाट क्रिमियाको सिम्फेरोपोल जाँदै थियो ।
रुसी अधिकारीहरूले रातारात ३५० भन्दा बढी ड्रोनहरू खसालिएको दाबी गरेका छन् ।
यसअघि रुसले युक्रेनी धेरै शहरहरूमा ठूलो आक्रमण गरेको थियो, जसमा महिला र बालबालिकासहित कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।
रुसले गरेको रातभरको हवाई आक्रमणमा आवासीय भवनहरूलाई निशाना बनाइएको थियो, जसमा धेरै बालबालिका सहित दर्जनौं मानिसहरू घाइते भएका थिए ।

प्रतिक्रिया