एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले मलेसियाविरुद्ध शतक प्रहार गरेका छन् । सिंगापुरमा भइरहेको खेलमा ओपनर ४४ बलमा शतक प्रहार गरेका हुन् । यस क्रममा उनले ७ छक्का र १० चौका प्रहार गरेका छन् ।
यसअघि चीनविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेको खेलमा पनि भुर्तेलले शतक हानेका थिए । नेपाल एसियाली खेलकुदतर्फ क्रिकेट प्रतियोगिताको लागि छनोट भइसकेको छ ।
पहिलो ब्याटिङमा उत्रिएको नेपालको लागि आशिफ शेखले २४ बलमा ६८ रन बनाएका थिए । यस क्रममा उनले सात छक्का र पाँच चौका प्रहार गरेका थिए । मलेसियाले टस जितेर नेपालविरुद्ध फिल्डिङ रोजेको थियो । सन्दीप छोराले १४ बलमा १५ रन बनाए ।

प्रतिक्रिया