परराष्ट्रमन्त्री खनाल भोलि भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री खनाल भोलि भारत भ्रमणमा जाने


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भोलि (शुक्रबार) तीनदिने भारत भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल तीनदिने औपचारिक भारत भ्रमणमा जाने जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भारत भ्रमणमा रहँदा मन्त्री खनालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् । मन्त्रालयले द्विपक्षी हित, पिपुल टु पिपल सम्बन्ध, सहयोग वृद्धिलगायतका विषयमा छलफल हुने जनाएको छ ।

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सकेर फर्किने दिन नै परराष्ट्रमन्त्रीको भारत भ्रमण हुन लागेको हो । यही जेठ १८ गते भारत भ्रमणमा गएका रास्वपा सभापति लामिछाने शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा भारत गएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, परराष्ट्रमन्त्री एस जयशंकर र भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए ।