अभिनयमा गायक पशुपति शर्माको डेब्यु

अभिनयमा गायक पशुपति शर्माको डेब्यु


लोक तथा दोहोरी गायक पशुपति शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । रघुजी फिल्मस्‌काे निर्माणमा बन्न लागेको फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’बाट उनी फिल्ममा देखिन लागेका हुन्।

फिल्मका लागि उनले रघुजी फिल्मस्‌सँग सम्झौता गरिसकेको निर्माता रधुनाथ सापकोटाले बताए।

अमरदीप सापकोटाको पटकथा तथा निर्देशन रहने फिल्म असार दोस्रो सातादेखि छायाङ्कनमा जानेछ । फिल्मको टाइटल सुन्दा हाँस्य कथावस्तुमा बन्न लागेको हो कि भन्ने अनुमान गर्न सकिन्छ।