काठमाडौं । भारतको कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीप्के दिल्लीको जन्तरमन्तर पुगेका छन् ।
शनिबार बिहान अमेरिकाबाट दिल्ली पुगेका दीप्के शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै आयोजना गरिएको विरोध प्रदर्शन सहभागी हुन जन्तरमन्तर पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिप्के जन्तरमन्तर पुग्दा उनका समर्थकहरूले नाराबाजी गरेका थिए । उनको पार्टीले शिक्षामन्त्री प्रधानको राजीनामा मागिरहेको छ । पार्टीले समर्थकहरूलाई “प्रेम र शान्तिका साथ आन्दोलन गर्न” आग्रह गरेको छ ।
यसअघि ‘ कक्रोच इज ब्याक’ का पूर्व ह्यान्डलले लेखेका थिए, “दिल्ली प्रहरीले जन्तर मन्तरमा विरोध प्रदर्शनको लागि अनुमति दिएको छ । अब हामी सिधै जन्तर मन्तरमा भेला हुन सक्छौं र पहिलेको योजनाअनुसार हामीलाई संसद् मार्ग प्रहरी चौकी जान आवश्यक छैन ।”
त्यसमा अगाडि लेखिएको थियो, “कक्रोच आउँदैछन्, धर्मेन्द्र प्रधान जाँदैछन् ।”
अहिले जन्तर मन्तरमा सुरक्षा कडा देखिन्छ । यद्यपि, त्यहाँ युवाहरूको भीड पनि छ र तिनीहरूको संख्या बढ्दै गएको देखिन्छ ।
भाजपा समर्थकहरू पनि उक्त प्रदर्शनको विरोध गर्न जन्तरमन्तर पुगेका थिए । तर, प्रहरीले उनीहरूलाई विरोध गर्नबाट रोक्यो र उनीहरूलाई हटाएको बीबीसी हिन्दीले जनाएको छ ।
कक्रोच पार्टीले निट-यूजी पेपर लिक र सीबीएसई, सीयूईटी, एसएससी-जीडीजस्ता परीक्षामा भएका अनियमितताविरुद्ध प्रदर्शन गरिएको जनाएको छ ।

प्रतिक्रिया