काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि जर्मन कम्पनी मुलबाउर र भेरिडोसका आधिकारिक प्रतिनिधिलाई बयानका लागि बोलाएको छ।
आयोगले आज सूचना जारी गर्दै दुई छुट्टाछुट्टै प्याकेजमा ठेक्का पाएका यी कम्पनीका प्रतिनिधिसँग जानकारी लिने भएको हो। यसअघि आयोगले पासपोर्ट विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद अर्याल र मुलबाउरका नेपाल प्रतिनिधि मनेन्द्र मल्लसहित चार जनालाई पक्राउ गरिसकेको छ।
गत वर्ष सात अर्ब ६५ करोड रुपैयाँको ठेक्कामा मुलबाउरले १ अर्ब ५५ करोड र भेरिडोसले ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए। ठेक्कामा अनियमितता र राजनीतिक पहुँचको आधारमा मिलेमतो भएको आरोप छ।

प्रतिक्रिया