काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख–हैरानी दिँदै यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए। सोही उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
]अनुसन्धानबाट सम्झौताअनुसारको काम सम्पन्न भइसकेपछि पनि भुक्तानी रोक्दै सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस मागेर लिएको पुष्टि भएको आयोगले जनाएको छ।
यस आधारमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ७२ हजार रुपैयाँ बिगो कायम गर्दै सोही बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको मागसहित शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया