हाइटीलाई ३-० ले हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा

हाइटीलाई ३-० ले हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा


विश्वकप फुटबलअन्तर्गत समूह (सी)को दोस्रो खेलमा हाइटीलाई ३-० ले हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार बिहान भएको खेलमा ब्राजिलका म्याथेस कुन्हाले खेलको २३औँ र ३६औँ मिनेटमा गोल गरे भने पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गरे।
योसँगै ब्राजिल हाइविरुद्ध ३-० ले विजयी भएको हो। ब्राजिलका दुई खेलबाट ४ अंक भएको छ र अन्तिम ३२ मा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ।