काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा। आरजु देउवा राणा देउवालाई अहिले मुद्दा नचलाई उनीमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको छ ।आरजुको घरमा म्याद तामेल भएपछि कतिपय काममा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले विशेष अदालतले आरजु लगायतका विषयमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको हो ।
अख्तियार उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको निर्णयअनुसार, आरजु राणा देउवाका सम्बन्धमा ‘उल्लिखित घटना एवं विषयमा नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचारजन्य कार्य गरेरगराएको हुनसक्ने देखिएको’ उल्लेख छ ।
निर्णयमा भनिएको छ, ‘उक्त विषयसँग सम्बन्धित कागजातहरूको मिसिल खडा गर्ने र विशेष अदालतको फैसलारआदेश बमोजिम उक्त विषयको सम्बन्धमा छुट्टै अनुसन्धान गर्ने’ भनी आयोगबाट निर्णय भएको छ ।
यसअघि अख्तियारले अनुसन्धानका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेल गरी बयानका लागि बोलाएको थियो । तर पूर्वमन्त्री आरजु राणाले हङकङबाट इमेल पठाएर उपचारका क्रममा रहेकाले अहिले आउन नसक्ने जवाफ दिएको बताइएको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार, उनको इमेल जवाफबारे मुद्दामा कुनै विवरण उल्लेख गरिएको छैन । अहिले आरजुलाई तत्काल मुद्दा नचलाई नयाँ ठेक्का प्रक्रियासँग जोडिएका विषयमा मात्र छुट्टै अनुसन्धान अघि बढाउने अख्तियारको तयारी छ ।

प्रतिक्रिया