काठमाडौं। जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केट पुन सञ्चालनमा आएको छ । पुनर्निर्माण सम्पन्न भएसँगै सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो।
लामो समयपछि सेवा सुरु भएसँगै बिहानैदेखि ग्राहकहरूको उल्लेखनीय भीड देखिएको छ। दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा तथा घरायसी सामान खरिद गर्न उपभोक्ताहरू व्यस्त देखिएका छन्।
आगजनीपछि पूर्ण रूपमा पुनर्निर्माण गरिएको सुपर मार्केटलाई आधुनिक सुविधा र व्यवस्थित संरचनासहित सञ्चालनमा ल्याइएको छ। स्थानीय बासिन्दाले पनि भाटभटेनी पुनः खुलेपछि किनमेलमा सहजता थपिएको बताएका छन्।
आन्दोलनको आगोले बन्द भएको चुच्चेपाटी भाटभटेनी अब नयाँ स्वरूपमा फर्किएको छ, जहाँ पहिलो दिनमै ग्राहकको उत्साह देखिएको छ।

प्रतिक्रिया