राति साढे ८ बजेबाट रास्वपा महाधिवेशनको मतदान

राति साढे ८ बजेबाट रास्वपा महाधिवेशनको मतदान


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान आज (बुधबार) राति साढे ८ बजेबाट सुरु हुने भएको छ।  केन्द्रीय निर्वाचन आयोगले बुधबार संशोधित कार्यतालिका प्रकाशित गर्दै मतदानको समय तोकेको हो।

मतदान सकिएको दुई घण्टापछि मतगणना र मतपरिणाम घोषणा हुने आयोगले जनाएको छ।