फिफाले गर्यो एन्फालाई अनिश्चितकालका लागि निलम्बन

फिफाले गर्यो एन्फालाई अनिश्चितकालका लागि निलम्बन


काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्योलतातर्फ गएको छ ।

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ ९एएफसी० अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।

साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएको छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।