नेदरल्यान्ड्समा हुने आईसीसी विश्वकप लिग-२ लागि टिम घोषणा

नेदरल्यान्ड्समा हुने आईसीसी विश्वकप लिग-२ लागि टिम घोषणा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृंखलाका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । जुलाई २१ मा सुरु हुने यो महत्त्वपूर्ण शृंखलामा अर्को टिम नामिबिया छ ।

नेपाल हाल अंकतालिकामा २८ खेलका साथ २४ अंकसहित पाँचौँ स्थानमा छ । नेपालले यो शृंखलामा ४ वटा खेल खेल्नेछ । त्यसपछि नेपालको एक शृंखला बाँकी रहनेछ । ८ वटा एसोसिएट्स टिमले ३६-३६ खेल खेल्नुपर्छ । जसमा शीर्ष ४ मा रहने टिम सिधै विश्वकप ग्लोबल क्वालिफायरमा पुग्नेछन् । शीर्ष ६ मा रहने टिमको ओडीआजई मान्यता कायम रहनेछ । नेपाल पहिलो साइकलमा शीर्ष ४ मा रहेर विश्वकप ग्लोवल क्लालिफायरमा पुगेको थियो । यो पटक नेपालको अवस्था संकटपूर्ण छ ।

नेदरल्यान्ड्समा हुने सिरिजमा नेपालले चारवटै खेल जिते ओमानलाई पछाडि पारेर चौथो स्थानमा उक्लिने अवसर पाउनेछ । यो सिरिजमा राम्रो नखेले साताैँ स्थानको नामिबयाले नेपाललाई उछिन्न सक्छ ।

नेपालले अन्तिम सिरिज क्यानडामा खेल्नेछ । जसमा अर्को टिम ओमान हुनेछ ।

नेदरल्यान्डस् भ्रमणका लागि घोषित टोलीको कप्तानी रोहित पौडेल ले गर्नेछन् भने दीपेन्द्र सिंह ऐरी उपकप्तानको जिम्मेवारीमा रहनेछन् ।

टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र बिनोद भण्डारी समावेश छन् ।

त्यस्तै, सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री लाई वैकल्पिक (रिजर्भ) खेलाडीका रूपमा राखिएको छ ।

नेदरल्यान्ड्स भ्रमणका लागि नेपालको टोली:

कप्तान: रोहित पौडेल
उपकप्तान: दीपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
कुशल भुर्तेल
आसिफ शेख
ईशान पाण्डे
आरिफ शेख
गुलशन झा
करण केसी
सोमपाल कामी
नन्दन यादव
ललित राजवंशी
भीम सार्की
अर्जुन कुमाल
बिनोद भण्डारी
रिजर्भ खेलाडी: सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री ।