काठमाडौं । मदन भण्डारी फाउन्डेसनले २०८२ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’लाई प्रदान गर्ने भएको छ ।
इलामको सूर्याेदय नगरपालिका–११, केराबारीमा जन्मनुभएका अनुसन्धानकर्ता राईकृत मदन भण्डारीको जीवनीमा आधारित ‘श्वेतशार्दूल’लाई रु दुई लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कार्यवाहक सचिव डा. भेषराज अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यही असार १४ गते जननेता भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसहित पुरस्कार वितरण गरिने फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया