आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुख रानामगरको निधन

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुख रानामगरको निधन


बुटवल । गाडी दुर्घटनामा परी प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको निधन भएको छ । शनिबार ९असार १३० उनी आफैँले चलाएको गाडी दुर्घटना भएको हो । स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बांगेसल्ला क्षेत्रमा पल्टिएको थियो । गाडी सडकबाट करिब ५०० मिटर तल खस्दा ५० वर्षीय रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्युठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माले बताए ।