काठमाडौं । साउदी अरब सरकारले रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ जना नेपाली कैदीलाई माफी दिएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकारको अनुरोधमा साउदी सरकारले ३३ नेपाली बन्दीलाई माफी प्रदान गरेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार नेपाल सरकारले रियादस्थित नेपाली दूतावासमार्फत गरेको अनुरोधपछि साउदीले उक्त निर्णय लिएको हो ।
नेपालले यस कदमलाई नेपाल–साउदी अरबबीचको दीर्घकालीन मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिँदै साउदी सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
शाही माफी पाएका नेपाली नागरिकहरू साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया