डोल्पामा बाढीमा परी एक जनाको मृत्यु, १० वटा घरमा क्षति

डोल्पामा बाढीमा परी एक जनाको मृत्यु, १० वटा घरमा क्षति


काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकामा गए राति आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ ।

नेपाली सेनाका अनुसार जगदुल्ला ५, गैरीगाउँस्थित धुलाखोला इलाकामा भएको भारी वर्षाका कारण बिहान करिब ३ बजे आएको बाढीले ८–१० वटा घरमा क्षति पुर्‍याएको थियो ।

नेपाली सेना, संग्राम शार्दूल गुल्मबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सहकार्यमा खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ ।

बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको छ । बाढीमा परी अन्य ६ जना घाइते भएका छन् ।