गणेश नेपालीको शव किन लगियो शिक्षण अस्पताल महाराजगञ्जमा

गणेश नेपालीको शव किन लगियो शिक्षण अस्पताल महाराजगञ्जमा


काठमाडौ । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका राइड–सेयरिङ चालक गणेश नेपालीको शव शुक्रबार राति वीर अस्पतालबाट महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा सारिएको छ ।
बिहीबार आत्मदाह गरेका गणेशको शुक्रबार बिहान ११ः१९ बजे वीर अस्पतालमा मृत्यु भएको थियो ।   उनका आफन्तहरूले सरकारले परिवारको जिम्मा लिनुपर्ने माग गर्दै शव बुझ्न अस्वीकार गरेका थिए । वीर अस्पतालका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार शव लामो समयसम्म अस्पतालमा राख्न पूर्वाधार नभएको र शव बिग्रिने सम्भावना रहेका कारण शिक्षण अस्पतालमा स्थानान्तरण गरिएको हो । गणेशको मृत्युले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया समेत प्राप्त गरेको छ ।