लस एन्जलस । स्पेनले १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा बेल्जियमलाई -(१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयको ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गरे । पाउ क्युबार्सीको प्रहारलाई बेल्जियमका गोलकिपरले रोक्न नसकेपछि मेरिनोले रिबाउन्डमा गोल गर्दै स्पेनलाई जित दिलाए । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, ४१औँ मिनेटमा चार्ल्स डे केटलेरले हेडर गोल गर्दै बेल्जियमले खेल बराबरीमा फर्काएको थियो ।
खेलमा स्पेनले दबदबा कायम राख्यो । स्पेनले १६ सट प्रहार गर्दा बेल्जियमले मात्र ५ सट प्रहार गरेको थियो । सन् २०१० को विश्वकप विजेता स्पेनले २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ बाट घर फर्किएको थियो । यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको हो ।
सेमिफाइनलमा स्पेनले फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया