सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ – गृहमन्त्री

सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ – गृहमन्त्री


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुम्बासी परिवारसँगको छलफलमा उहाँले सुकुम्बासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताए ।

“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ”, गृहमन्त्री गुरुङले भने, “यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो ।”

सुकुम्बासी/भूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।