काठमाडौं। नेपाल प्रहरीले ट्राफिक प्रहरीले जरिवाना काटेबापत उठेको रकमको २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने प्रचार पूर्ण रूपमा निराधार रहेको बताएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले पछिल्लो समय केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा “ट्राफिक प्रहरीले जरिवाना काटेबापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्” भन्ने आशयका समाचार र टिप्पणीहरू ध्यानाकर्षण भएको जनाएको हो। सत्तारूढ दल रास्वपाका सांसद मधु चौलागाईँले संसदीय समितिकै बैठकमा ट्राफिक प्रहरीले २५ प्रतिशत कमिसन पाउने गरेको बताएका थिए ।
प्रहरीका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेबापत असुल गरिने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने कानुनी व्यवस्था रहेको छ। उक्त रकमबाट ट्राफिक प्रहरीले कुनै पनि अतिरिक्त शुल्क, सुविधा वा विशेष भत्ता प्राप्त गर्ने व्यवस्था कानुनमा नरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया