संसद् बैठकमा प्रधानमन्त्री बालेन

संसद् बैठकमा प्रधानमन्त्री बालेन


काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन पुगेका छन् ।

बैठक चलिरहेका बेला उनी अकस्मात बैठकमा आए । उनी रास्वपा सभापति रवि लामिछानेसँगै बैठकमा प्रवेश गरेका हुन् । यसअघि बालेन गत जेठ १७ गते बैठकमा आएका थिए ।

त्यस दिन सांसदहरूसँगको प्रश्नोत्तरमा उनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसयता लगातार विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र सो विवादास्पद अभिव्यक्ति फिर्ता लिनुपर्ने भन्दै संसद्मा विरोध जनाइरहेका छन् ।

संसद्मा लगातार विरोध भइरहेका बेला प्रधानमन्त्री बैठकमा पुगेका हुन् ।