विष्णु पौडेलसँग कारोबार देखिएपछि शशी शर्मा पनि पक्राउ

विष्णु पौडेलसँग कारोबार देखिएपछि शशी शर्मा पनि पक्राउ


काठमाडौं । प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्मालाई मंगलबार पक्राउ गरेको हो । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसित कारोबार देखिएपछि उनी पक्राउ परेको सीआईबी स्रोतले जानकारी दियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि शर्मालाई पक्राउ गरिएको हो । पूर्वअर्थमन्त्री पौडलमाथि विभागले अनुसन्धान जारी राखेको छ ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले सोमबार पाँचौँपटक तीन दिनको म्याद थप गरेको थियो ।