सञ्चार गृह तथा अन्य सार्वजनिक स्थानमा गाडी राखेर अवरोध सिर्जना गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै उनले त्यसमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताए । ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ उनले लेखेका छन् । उनले राज्यको दायित्व नागरिकका चिन्ता र समस्याको समाधान गर्नु भएको भन्दै राज्य आफैँले नागरिकलाई थप आतङ्कित बनाउने काम गर्न नहुने बताए ।
‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो । राज्यले आफैँ थप आतंकित बनाउने होइन । यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन–जी सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ’, झाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले उक्त घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया