उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा [सूचीसहित]

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा [सूचीसहित]


काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको छ ।

बिहीबार बसेको परिषद् बैठकले न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले उच्च अदालत तुलसीपुरमा कार्यरत न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष नियुक्तिका लागि परामर्श दिने निर्णय पनि गरेको छ ।

यस्तै, दीपेन्द्र अधिकारीलाई श्रम अदालतको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि परिषद्ले गरेको छ ।