मिटरब्याज पीडितसंग निजढमा जुटेको सहमति आज सिहंदरवारमा अन्तिम रुप दिने

मिटरब्याज पीडितसंग निजढमा जुटेको सहमति आज सिहंदरवारमा अन्तिम रुप दिने


काठमाडौ । मिटरब्याज पीडित संघर्ष समिति र सरकारबिच सिंहदरबारमा आज पनि वार्ता हुँदैछ। बिहीबार साँझ पनि सरकारले मिटरब्याज पीडितसँग सिंहदरबारमै वार्ता गरेको थियो। यही असार २५ गते जनकपुरबाट मार्चपासहित काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमै रोकेर वार्ता अघि बढाएको थियो।

गृहमन्त्री सुधन गुरुङ बारामै गएर संघर्ष समितिसँग विभिन्न चरणमा वर्ता गरेपछि सरकारसँग अन्तिम सहमतीको लागि संघर्ष समितिका पदाधिकारी हिजो काठमाडौँ आएका छन्। संघर्ष समितिका बाँकी आन्दोलनकारी भने अहिले पनि निजगढमै बसेर खबरदारी गरिरहेका संघर्ष समितिकी सल्लाहकार सरस्वती मिश्रले जानकारी दिइन्।

निजगढमा भएका विभिन्न चरणका वार्तामा गृहमन्त्री गुरुङ मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्दै त्यसविरुद्ध छुट्टै कानुनी संरचना बनाउन सहमत भएका बताइएको छ। गृहमन्त्री गुरुङ र आन्दोलनरत मिटरब्याजपीडितबीच निजढमा जुटेको सहमतिलाई आजको वार्ताले अन्तिम रुप दिने सम्भावना रहेको संघर्ष समितिका एक पदाधिकारीले जानकारी दिए।