काठमाडौँ । ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना प्रवक्ता विजेता दहियालाई पदबाट हटाएको छ। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै सीजेपीले दहियालाई प्रवक्ताको जिम्मेवारीका साथै अन्य सबै आधिकारिक जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिएको छ। शान्तिपूर्ण प्रदर्शनकारी र पार्टीको टोली प्रहरीको हिंसाको सामना गरिरहेको समयमा दहियाले असंवेदनशील भिडियो जारी गरेको भन्दै पार्टीले उनको व्यवहारको कडा निन्दा गरेको छ।
सीजेपीका अनुसार यस्तो व्यवहार स्वीकार्य छैन र यसले समझदारीको कमी दर्साउँछ। साथै यो व्यवहार पार्टीको आन्दोलनका मूल्य र सिद्धान्तको पूर्ण रूपमा विरुद्ध रहेको सीजेपीले स्पष्ट पारेको छ।
यसअघि विजेता दहियाको एक कथित भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको थियो, जसमा उनी बर्गर खाँदै विभिन्न टिप्पणी गरिरहेका देखिन्छन्। उक्त भिडियोमा उनले, ‘यो प्रदर्शन कुनै जागिर होइन, मलाई भोट दिएर छानिएको होइन, मेरो कसैप्रति जिम्मेवारी छैन, म बर्गर खान्छु’ भनेका छन्।

प्रतिक्रिया