नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वकार्यकारी अधिकृत रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वकार्यकारी अधिकृत रिमाल पक्राउ


काठमाडौं । व्यवसायी दिपक भट्टविरुद्धको मुद्दामा मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार खनाललाई काठमाडौं महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–७ कै बासिन्दा रिमाले नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वकार्यकारी प्रमुख अधिकृत हुन्।

व्यवसायी भट्टविरुद्ध बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा चलिरहेको छ। त्यही मुद्दाका क्रममा रिमाललाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोले जनाएको छ।

बिहीबार नै ब्युरोले रिमाललाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थपको प्रक्रिया चलिरहेको जनाएको छ।