जनकपुर । धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं.६ बाट २ जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा भारतको मधुवनीका २८ वर्षीय सन्तोषकुमार महतो र सोही स्थानका ४५ वर्षीय मिथिलेश साहु छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई फायर गरेको थियो । पक्राउ परेका दुबै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
साथै उनीहरुबाट २ थान मोबाइल, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमति पत्र पनि बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवार, धनुषामा राखिएको छ ।

प्रतिक्रिया