काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्य पूर्व युद्धबीच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भएपछि तेहरान समर्थित हुथी विद्रोहीहरूले शनिबार साउदी अरेबियामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।
योसँगै लगातार १३ औँ रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरे पछि शनिबार पुनः आक्रमणको घोषणा गरेको छ ।
यद्यपी हुथी विद्रोहीहरूले दक्षिणी साउदी सहर जिजानमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गर्दै यस क्षेत्रमा द्वन्द्व फैलिएको केही समय अघि इरान माथि ठूलो आक्रमण गर्ने तयारी तथा निर्णय नगरेको ट्रम्पले बताएका छन् ।
विद्रोहीहरूले शीर्ष तेल उत्पादकले समुद्री नाकाबंदीको घोषणा पछि र लाल सागरमा यसका जहाजहरूमा प्रहार गरेको तथा हुथीहरूले अमेरिकी सहयोगी रियादको सैन्य लक्ष्यहरूमा आक्रमण गरे पछि युद्धको “खतरनाक वृद्धि“ भएको आरोप लगाएका थिए ।
गत फेब्रुअरीमा तेहरानमा अमेरिका–इजरायली आक्रमण पछि यस क्षेत्रलाई समेटेर युद्ध भड्किएको र महत्वपुर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा इरानको समानान्तर नाकाबंदीको उत्कर्षमा पुगेको जनाइएको छ ।
रियादको नागरिक सुरक्षा एजेन्सीले शनिबार प्रभावित सहरका बासिन्दाहरू र यानबुहरुको लागि चेतावनी जारी गरेको थियो ।
साउदी नेतृत्वको गठबन्धनले हुथीको केन्द्रहरुमा आक्रमण गरेको र लाल सागरको जहाजमा आक्रमणको प्रतिक्रियामा व्यापारिक जहाजहरूलाई धम्की दिने लक्ष्यहरू नष्ट गरेको बताए पछि यो चेतावनी जारी गरिएको हो ।
यमनको एक सुरक्षा स्रोतलाई बताउदै एएफपीले होदेइडाको बन्दरगाह सहरमा रहेको नौ–सैनिक आधार र कामरान टापुमा रहेको सैन्य शिविर साउदी लक्ष्यमा रहेको बताएको छ ।
हुथीहरूले यस हप्ताको सुरुमा दुईवटा साउदी जहाजहरूमा आक्रमण गरेको दाबी गरेको छ भने साउदी अरेबियाले लाल सागरमा भएको एउटा आक्रमणको पुष्टि गरेको छ ।
हाल तेहरान वासिङ्टनसँगको वार्तामा “गम्भीर“ हुँदै जाँदा ट्रम्पले इरानमाथि ठुलो अपरेसन हुने बताए पछि तनाव बढेको हो । यद्यपी इरानलाई कडा प्रहार गर्ने निर्णय गरेको हो, भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई यस्तो कुनै योजना नभएको र हाल लाई युद्धबाट निराश भएको बताएको जनाइएको छ ।

प्रतिक्रिया