काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । हालै कांग्रेस सरकारबाट बाहिरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) र कांग्रेसले संयुक्तमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।
सोही अविश्वास प्रस्तावमाथि आज कर्णाली प्रदेशसभामा छलफल चलिरहँदा मुख्यमन्त्री कँडेलले रोस्ट्रमबाटै राजीनामा घोषणा गरे ।
कांग्रेस सरकारबाट बाहिरिएपछि कँडेल स्पष्ट रूपमा अल्मतमा परेका थिए । तर, केन्द्रमा एमाले र नेकपाबीच सहकार्यका लागि सघन वार्ता भए पनि नेकपा कर्णाली प्रदेश संसदीय दलले भने कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो ।
कर्णालीमा एमाले नेतृत्वको सरकार ढलेसँगै एमाले र नेकपाबीच कसरी सहकार्य हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

प्रतिक्रिया