रास्वपाको वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनीत

रास्वपाको वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनीत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो ।

रास्वपाले संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था गरेसँगै शाहलाई उक्त जिम्मेवारी दिइएको हो । पार्टीका अनुसार चुनावअघि भएको राजनीतिक सहमतिअनुसार पनि शाहलाई वरिष्ठ नेताको भूमिकामा राखिएको थियो ।

यसअघि पनि शाह रास्वपाको वरिष्ठ नेताका रूपमा रहेका थिए । बुधबारको केन्द्रीय समिति बैठकले संशोधित विधानअनुसार उनलाई पुनः वरिष्ठ नेतामा मनोनयन गरेको हो ।