ओखलढुंगामा सुनकोशी किनारमा भेटियो तीलकुमारीको शव

ओखलढुंगामा सुनकोशी किनारमा भेटियो तीलकुमारीको शव


काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये वृद्धाको शव फेला परेको छ । मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित हर्कपुरको सुनकोशी किनारमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोशी नदीमा फेला परेको शवको हुलिया काभ्रेमा आफन्तलाई पठाइएको थियो। आफन्तले शव पहिचान गरेको उनले बताए । ‘हामीले बेपत्ता भएका आफन्तलाई शवको फोटो पठाउँदा उहाँहरूले पुष्टि गर्नुभएको छ,’ प्रहरी निरीक्षक राईले नेपाल प्रेससँग भने । थप पुष्ट्याईंका लागि तीलकुमारीका आफन्तहरु ओखलढुंगा गइसकेका छन् ।
तिलकुमारीलाई पिठ्यूँमा बोकेर दोलालघाटबाट नदीमा हेलिएका उनका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ । पराजुली दम्पती बुधबार साँझ दोलालघाटबाट बेपत्ता भएका थिए । उनीहरूको खोजीमा प्रहरी टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय ओखलढु‌ंगाले पनि शव भेटिए । उनले भने, ‘हामीले शवको फोटो काभ्रेलाई पठाएका थियौ‌ँ काभ्रेबाट बेपत्ता वृद्धाको भनेर सनाखत गर्नुभयो । उहाँहरू आउनुभएपछि मात्रै आधिकारिक पुष्टि हुन्छ ।’ उनका अनुसार स्थानीयले शव नदी किनारमा भेटेर प्रहरीलाई खबर गरेका थिए ।