काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ।
विभागले साउन २५ गते एकैदिन ५ हजार ८७८ वटा विद्युतीय राहदानी छाप्न सफल भएको जनाएको छ।
विद्युतीय राहदानीको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागले पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन गर्न थालेको हो। यसअघि विभागको उत्पादन क्षमता दैनिक करिब १ हजार ५०० राहदानी रहेको थियो।
विभागले नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली र राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको छ।

प्रतिक्रिया