काठमाडौं । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो करिब ३:३० बजेको समयमा सो घटना घटेको हो ।
पीडित बालिकाले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो । प्रहरीका अनुसार १६ वर्षीय आरोपी किशोरले १० वर्षीया बालिकालाई लिची खान दिन्छु भनी ललाई-फकाई आफ्नो घरमा बोलाएका थिए । त्यसपछि उनले घरको गोठमाथिको पहिलो तलाको कोठाभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
घटनाबारे भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित किटानी जाहेरी परेपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको थियो ।

प्रतिक्रिया