काठमाडौं । चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार ती विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर काठमाडौं अवतरण गरेका हुन्। दुवै विमान चीनको चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब तीन घण्टापछि काठमाडौं आइपुगेका हुन्।
नेपालमा पछिल्लो समय देखिएको विपद्का कारण प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री सहयोगस्वरूप चीनले पठाएको हो।

प्रतिक्रिया