काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।
बाढीपछि नदी किनारका विभिन्न स्थानमा खोजी तथा उद्धारका क्रममा हालसम्म ७८८ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार शनिबार अपराह्न ३ बजेसम्म नदी किनारका विभिन्न स्थानबाट ७८८ जनाको शव फेला परेको हो । तीमध्ये सबैभन्दा धेरै चितवनमा २६४ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव भेटिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खोज तथा उद्धारमा परिचालन भइरहेका छन् । बाढीमा फसेका तथा प्रभावित २ हजार ७६२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बाढीपछि विभिन्न जिल्लामा नदी किनार तथा आसपासका क्षेत्रमा बेपत्ता व्यक्तिको खोजीलाई तीव्र बनाइएको छ ।

प्रतिक्रिया