काठमाडौ । भोटेकोसी बाढीबाट पीडितका लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौँ आइपुगेको छ। उक्त जहाज आज बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। बाढीबाट ठुलो मात्रामा जनधन क्षति भएपछि नेपाललाई सहयोग गर्ने क्रममा दक्षिण कोरियाले राहत सामग्रीसँगै थप उद्धार टोलीसमेत पठाएको हो। कोरियाली उद्धार टोली यसअघि नै नेपाल आएर बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको छ।

प्रतिक्रिया